सोमबार, वैशाख १५, २०८२

बर्दिया निकुञ्जमा बाघ हेर्न आउने पर्यटककाे संख्या बढ्दै

नेपालखोज २०७९ वैशाख ५ गते १३:३६

काठमाडौं । अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ । विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ देखेर फर्केका कारण खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए ।

उनले भने,‘यो मौसममा प्रायः पर्यटकको जंगली जनावर हेर्ने इच्छा पूरा हुन्छ ।’ बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्रमा घुम्ने तथा जंगल हिँड्ने पर्यटकको संख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

आन्तरिक पर्यटकको संख्या पनि बढेको छ । कोभिड-१९ महामारीका कारण गत आर्थिक वर्षमा जम्मा आठ हजार जना पर्यटकले मात्र निकुञ्ज घुमेका थिए । चालू आवको चैत महिनासम्म १० हजार जनाभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका छन् ।

प्रतिक्रिया