प्रचण्डले भने- सत्ता पक्षले निर्वाचन सार्ने षड्यन्त्र गरेकै छैन

नेपालखोज २०७९ वैशाख ५ गते १४:२३

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नसर्ने स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागि परेको आशंका गरिरहेको बेला अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन भित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको प्रष्टयाएका हुन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमा उनले सत्तारुढ गठबन्धन दलहरुबीच महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँडको विषयमा आज बेलुकासम्म सहमति जुटने दावी समेत गरेका छन् ।अहिले आफू गठबन्धन दलहरुबीचको छलफलबाटै आएको र बेलुकासम्म सहमति जुटने उनले दाबी गरेका छन् ।

अध्यक्ष दाहालले भने, ‘६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । महानगर टुंगिनेको नजिक छ । बेलुकासम्म महानगर र उपमहानगरपालिकाको तालमेल निष्कर्षमा पुर्यायाउने छौं ।’शिक्षा र रोजगारीलाई चुनावमा प्रमुख एजेन्डा बनाउने अध्यक्ष दाहालको भनाई थियो ।

प्रतिक्रिया