भारतमा दैनिक कोरोना संक्रमितको संख्या ९० प्रतिशतले बृद्धि
नेपालखोज
२०७९ वैशाख ५ गते १४:२६

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको संक्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ । आज दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो एक दिनमा एक हजार ९८५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर संक्रमणमुक्त भइसकेकाहरुको संख्या चार करोड २५ लाख १० हजार ७७३ जना पुगेका छन् ।
कुल संक्रमित मध्ये ९८.७६ प्रतिशत संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार ९६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
सम्बन्धित
प्रतिक्रिया