‘शिक्षा क्षेत्रका माफियालाई साइड लगाऊ’

नेपालखोज २०७९ वैशाख ५ गते १७:१८

समुन्नतिका लागि शिक्षा सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार हो। दलहरूको घोषणा पत्रमा शिक्षालाई कसरी समेट्न सकिन्छ भन्ने विषयमा NCE Nepal ले आयोजना गरेको संवाद कार्यक्रममा ! क्षेत्रगत विज्ञ तथा सरोकारवालाहरूसँगका यस्ता छलफलहरूले नेपाली कांग्रेसको घोषणापत्रमा नयाँ आयामहरू थप्दै जाने छ ।
गगन थापा, महमन्त्री, नेपाली कांग्रेस

प्रतिक्रियाहरु :
बीपीले खोलेको पार्टी, पहिला बीपीको सिद्धान्तमा अडिग रहन सिक, बुर्लुक्क बुर्लुक्क चार हात उफ्रिदै नेपाली काङ्ग्रेस हुँ भन्न लाज लाग्नु पर्ने होइन ? घोषणापत्र जारी गरेर के गर्ने ? कुनै कुरा लागू भएको छ ? खोई जनताको मन जितेको र हामी युवा जो बि पीको सिद्धान्तमा अडिग रहेर काङ्ग्रेसमा लागीरहदा काङ्ग्रेस भन्न अफ्ठेरो महसुस गरायो । नेतृत्व बाट सत्ताको लागि गठबन्धन अपच्य छ, आउनुस बुँदा – बुँदा मा छलफल गरौं ।
भवानी तिवारी

घोषणापत्रका लागि सुझाव मागेर ले गर्नुहुन्छ? न पार्टिका ले तपाइहरु लाइ मान्छन , न टेर्छन, न सुन्छन ? तपाइहरुलाइ सुझाव दिएर जिताएर तपाइहरु आफैपद मा पुगेपछि त माथिल्लो नेताले सुनेन, मानेन भन्नु हुन्छ भने जनतालाइ तपाइ र तपाइको नेता ले मान्छन भन्ने मलाइ लाग्दैन्। जितेर गएपनि तपाइहरुको केहि न लाग्ने भएपछि तपाइहरुलाइ जनताले सल्लाह सुझाव दिनु र भोट दिनु पर्छ जस्तो लाग्दैन् । काम गर्नुस या विद्रोह ! तर हामिले गर्न खोजेको तर माथिकाले गरेनन भन्ने अवस्था आयो भने बरु स्वतन्त्र भएर लड्नुस् ।
कृष्णहरि आचार्य

शिक्षा र स्वास्थ्यलाई त समेट्नै पर्यो सङ्ग सङ्गै भ्रट्राचारलाई कसरि गर्न समाप्त गर्न सकिन्छ उपायहरु लाई समेत समेट्नु भए आभारि हुने थियौ । घोषणापत्र चाहि सहजै पुन प्रयोग गर्न मिल्ने कागजमा जारी गर्नु होला । यो भन्दा धेरै आशा राखिदैन युवा नेताहरु सङ्ग । बिदेशमा रोजगार खोजेर भिषा प्रकृया सहज बनाईदिन सके सुनमा सुगन्ध भैहाल्यो । हामी जनता बिदेश जान पाउँदा खुशि , नेताहरु सचेत नागरिक बिदेश पठाउन पाउँदा खुसी, दुखी भनेको कर्मचारी उहाँहरुलाई पनि प्रति दिन ४ घण्टा हप्तामा ४ दिन हाजिर लगाए पुग्ने गरि अन्तर्राष्ट्रिय मापडण्डअनुसारको तलब सङ्गै बिनियोजित बजेटको ३०-४०% सुबिधाको ब्यवस्था हुन सके भैहाल्यो त । अरु कुरामा किन टाउको दुखाउनु हुन्छ न ?
कृष्ण खत्री

१.सर्वप्रथम त नेपालमा जुन किसीमले शिक्षामा व्यापारीकरण भएको छ यो तत्काल रोक्नु जरुरी छ।
२.सरकारी स्कुलको स्तरउन्नती तथा पुरानो प्रणाली खारेजी र बैज्ञानिक शिक्षा लागु गर्नुपर्दछ।
३.शिक्षा क्षेत्रमा राजनितिकरण पुर्णरुपमा बन्द हुनु जरुरी छ।
४.प्रभेट बोर्ङि्ग स्कुल तथा प्राभेट शिक्षण संस्थाले अाफ्नो मनोमानी लगाउँदै अाएको शुल्क निर्धारणका लागि निमायक संस्थाले अनुगमन तथा शुल्क निर्धारण तथा लापरवाही भए कानुनी कारवाहीको व्यवस्था हुनुपर्छ ।
५.प्राविधिक शिक्षा प्रणाली हरेक तहका सरकारी स्कुलमा लागू गर्नुपर्दछ साथै एमविविएस पढाइमा लाग्ने महँगो शुल्क कम गरेर निम्नवर्गको समेत पहुच हुने व्यवस्था गर्नु आजको आवश्यकता हो।
केशव कँडेल

अहिले सम्म सबै दल का चुनावी घोषणापत्र केवल चुनाव सम्म नारामा मात्र सिमित ।
हाम्रो देशको युवा जनशक्ति अधिकाम्स रोजगारी का लागि बिदेशीएका छन भने बाकी पढाई को सिलसिलामा बिदेशीएका छन् ! कोहि ईन्डियन , सिङापुर , बिर्टिस र फ्रान्स आर्मीमा लागेका छन् ! नेता आफ्नो परिवारको लागि पढाई बिदेशमा अनि आफू र आफ्नो परिवार को उपचार अमेरिका , सिङापुर थाइल्यान्ड र ईन्डिया ! के यहि गणतन्त्र ? के यहि हो परिवर्तन ? जनशक्ति नभएको देशमा कसरी हुन्छ समृद्धि ? बरु कक्षा ७/ ८ को किताबमा कोरियन भाषाको किताब राखिदेउ । कक्षा ९ /१० मा अरेबिक र मलेसियन राखीदेउ ।
+2 मा IELTS र जापानिज अनि Bachelor मा GRE र Toefl को कोर्स राखिदिदा कसो होला ? देशका युवाहरूलाई धेरै सजिलो हुन्छ किन दोहोरो खर्च गराउने हैन र ?
निर्मल गिरी

“आकारको उतारचढाव नै राजनीतिको सबै मानक होइन। जनताको सापेक्षित चाहना, सिद्धान्त प्रतिको निष्ठा, पार्टीको नीतिअनुसार घोषित कार्यक्रमहरूको कार्यान्वयन र मुलुकलाई अग्रगामी दिशातिर लैजाने भूमिकाले नै कुनै पनि राजनीतिक पार्टीको जीवन र साइज निर्भर गर्छ।”
त्यसैले पहिलो परिवर्तन “हाम्रो शिक्षा प्रणालीमा!”
(१) आधारशिला: विद्यालयको भौतिक संरचनाको स्तरउन्नती र विद्यार्थी जुन कक्षाका लागि योग्य छ सोही कक्षामा नै भर्ना गर्ने।
(२) शिक्षकको मनोबल : आकर्षक तलब भत्ता सहित समयसापेक्ष तालिम र विश्वप्रसिद्ध विश्वविद्यालयहरुमा अवलोकन भ्रमण।
(३) सक्रिय अभिभावक: “विद्यालयमा अभिभावक “अभियान सञ्चालन गर्ने।
(४)ह्यापिनेस करिकुलम : जीवनका लागि सहयोगी शिक्षा अर्थात जीवनोपयोगी शिक्षाका लागि “हास्दै-खेल्दै-नाच्दै ” सिक्ने शिक्षण विधि।
देवराज लामिछाने

हाम्रो पनि सुझाव सुनुवाइ हुन्छ भने,
१) अहिले लाई आधारभूत तहदेखि माथिको शिक्षा पूर्ण निशुल्क नभनौँ।सकारात्मक विभेदको नीति अवलम्बन गरौँ ।अर्थात् , शिक्षामा लगानी गर्न सक्ने वर्गबाट शुल्क लिएर विपन्न वर्गमा लगानी बढाओैँ।
२) हरेक पालिकामा कम्तीमा एउटा प्रमाणपत्र तहको प्राविधिक धारको विद्यालय खोलौँ र पचास प्रतिशत गरिब र विपन्न वर्गको लागि आरक्षण गरि छात्रवृत्तिको व्यवस्था गरौँ ।
३) विद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न प्रतिवद्धता गरौँ ।विद्यालयलाई बन्द ,हडताल ,चक्काजाम र नाराबाजीबाट मुक्त गरौँ ।
४) शिक्षक शिक्षिका र विद्यालय कर्मचारीलाई प्रविधि मैत्री ,र बाल मैत्री बनाउन तालिम र सेमीनारको व्यवस्था गरौँ ।
नगेन्द्र कोइराला

घोषणा पत्र चुनाव जित्न काम लाग्छ । सरकारी कलेजमा निम्न आयस्रोत भएका विद्यार्थी पढ्नै नसक्ने अवस्था छ । शिक्षा र स्वास्थ्य माफियाका जिम्मा लगाउँदा कमिशनको मुल फुट्ने रहेछ । वि पि को राजनैतिक दर्शन र राष्ट्र प्रेम बिर्सेर तपाईहरुले आज जे गरि रहनु भएको छ, पाप लाग्छ तपाईहरुलाई ! तपाईंका बच्चा कहाँ पढ्छन् ? सर्वसाधारणका बच्चा सरकारी कलेज पढ्न सक्दैनन् । कसैलाई रोजगारीको ब्यवस्था गर्नु भएको छैन तर कलेज महंगो बनाउनु भएको छ । कार्यान्वयन नहुने योजना र लागू नहुने घोषणापत्र दुवै निरर्थक छन् । घोषणा पत्रमा त कहिले लेख्नु भएको छ र देश लुट्छौं भनेर ?
विन्दु ढकाल

ने.का पार्टीमा बीपीको आस्था, विचार र पहिचान लाई केन्द्रबिन्दुमा राखेर समग्र नेपालको समुन्नत विकासको लागि सर्वप्रथम तस्कर , दलाल, अवसरवादी, भ्रष्टठेकादार, माफियाहरुलाई पार्टीमा हावी हुने प्रवृति को अन्त गर्नु र गराउनु होला।

१.प्रत्येक जिल्ला मा सुबिधा समपन शिक्षा, स्वास्थ र रोजगार को व्यवस्था को लागि प्रयास गर्दिनु होला । ताकी गाउँको मान्छेलाई शिक्षा , साधारण उपचार र रोजगार को लागि पनि काठमाडौं धाउन नपरोस।
२. किसानहरुलाई चाहिने कृषि समाग्री विना विचौली समयमा उपलब्ध गराउनुको साथै उत्पादित वस्तुको बजार व्यवस्थापन मिलाउन प्रयास गर्दिनु होला।
३.शिक्षा, स्वास्थ तथा राजनीति लाई व्यपारीकरण हुनबाट जोगाई समाज सेवामूलक बनाउन प्रयास गर्दिनु होला ।
श्यामकिशोर यादव

तिम्रा ती घोषणा पत्रमा होइन थप्दा थप्दै पुरै ग्रन्थ नै तयार गरन ? के हुन्छ ? केही हुन्छ? हामी नागरिकलाई तिम्रा ती सो घोषणा पत्र चाहिएन, अहिले सम्म कति घोषणा पत्र ल्यायौ र जनताको लागि के काम गर्यौ ? १, २, ३ बुदागत रुपमा भन्ने हिम्मत छ ? तिम्रा ती नया आयाम पत्रमा होइन व्यवहारमा गरेर देखाउ, पहिला गर अनि लेख या जता जता थप्ने मन छ थप! फोस्रा कुरा गरेर न अल्मल्याउ !
लोकबहादुर थापा

कुनै बिज्ञ चाहिदैन निजि बिध्यालय जत्तिकै स्तरिय शिक्षा सबै सामुदायिक बिध्यालयमा देउ …..बिध्यार्थि संख्या अनुसार भवन थप, शिक्षक थप , बिध्यार्थिलाई ल्याउने पुर्याउने सवारी साधन थप , स्कुलमा पर्खाल लगाउ र गार्ड राखेर चेक जाँच गर …..१६ बर्ष भन्दा कम उमेरका बच्चा बच्चिलाई मदिरा तथा सुर्तीजन्य कुरा बेच्न प्रतिबन्ध गर ।
सेन्टर प्लाजा

देशको आर्थिक अवस्था कमजोर हुँदै गर्दा जनताका छोरा-छोरी एकातिर नेता र कर्मचारीका छोराछोरी अर्कोतिरको स्कुलमा जाने तरिका बदलौं या सबै सरकारी विद्यालय होस् या सबै सामुदायिक होस् । यो भत्ता बाणिने नियम पनि फेरियोस करोडपति जेष्ठ नागरिक लाई किन भत्ता ?नछोराछोरी हरु लाई एउटा फार्म भर्न लगाई हो हामी बाबु आमा पाल्नु सक्दैनौं भन्ने लाई मात्रै भत्ता दिने र त्यो बाकी बचेको रकम उत्पादन र रोजगारी सिर्जना हुने ठाँउ मा लगाउने र रोजगार दिने व्यवस्ता गरुँ भ्रष्टाचार को मुद्दा मा आफ्नो पार्टी भित्र परेका मुद्दा हरु तुरुन्तै छानबिन होस र सुन्य भ्रष्टाचार निति बनाउ पहिले पार्टीको दोस्रो कर्मचारी र तेस्रो मा विपक्ष पार्टी का मुद्दा हेर्ने गरि निति बनाउने काङ्ग्रेस रहे देश रहान्छ यहि निति रहिरहन्छ भने काङ्ग्रेस र देश रहदैन ।
अर्जुन भण्डारी

बीपीको सिद्धान्तमा पार्टी चल्नुपर्यो ? ??? र जनताका लागि रोजगारी र स्वास्थ्य शिक्षामा अधिक भन्दा अधिक शुबिधा दिने घोषणापत्र ल्याउनुपर्यो ।
अनिल भण्डारी

घोषणापत्रमा समेटिनु मात्र सबैकुरा भए आजसम्म समेटिएका कुराहरु के कती लागू भए/कार्यान्वयनमा ल्याइयो?तेसैले केवल चुनाबी तिकडम र भ्रम अनि जनता ठग्ने कागजी ललिपप मात्र हो तथाकथित घोसणापत्र सबै पार्टिहरुको।जस्को आफ्नै कुनै नीति छैन,सिद्दान्त छैन,दर्शन छैन,राजनितिक निस्ठा छैन,भिजन छैन,कुनै रोडम्याप छैन छ त केवल रास्ट्र र जनता कसरी ठग्ने भन्ने मात्र चिन्तन।चुनाबमा तथाकथित तालमेल र गठबन्धन भन्दै सबै एउटै हुन्छन अनि के को घोसणापत्र,के को अलग पार्टी र के को आफ्ना नीति लागू??नितान्त राजनितिक ठगी रास्ट्र र जनताको दोहन शिबाय केही उद्देस्य नै होइन।जनता सचेत भएर यस्ता लुटतन्त्रका हिमायती जुनकुनै पार्टी नेता भएपनी निर्बाचन मार्फत हैसियत देखाइदिदै ठेगान लगाइदिनै पर्छ।आजको आबस्यकता यो हो।
घनश्याम भट्ट

प्रत्येक घरमा आकासे पानीको उपयोग र जमीन भण्डारण र सिँचन ब्यवस्था गरिनु पर्छ।यसकालागि नगरपालिकाले प्रोत्साहन अनुदान उपलब्ध गराउनु पर्दछ।
लक्ष्मण अधिकारी

चुनावी मुद्दा नं. १ : प्रत्येक बालबालिका पाँच वर्षदेखि अठार वर्ष नपुग्दासम्म स्कूल कलेज जानै पर्ने यदी नगए पालिकास्तरमा पालिकापति जवाफदेही हुनु पर्ने र राष्ट्रियस्तरमा प्रधानमन्त्री जवाफदेही हुनु पर्ने र सदन र राष्ट्रपति समक्ष सोको एक एक व्यक्तिको बारेमा प्रतिवेदन बुझाउनु पर्ने । भन्ने हुनु पर्यो ।
मुद्दा नं २ : प्रत्येक पालिकाले पालिका भित्र रहने प्रत्येक व्यक्तिको वार्षिकरूपमा सशुल्क वा निशुल्क जे संभव छ सुगर बिपी र रेनल टेस्ट अनिवार्य गर्नु पर्ने अनि प्रत्येक दुई वर्षमा महिलाको स्तन तथा पाठेघरको क्यानसर परीक्षण गर्नु पर्ने अनि प्रत्येक तीन वर्षमा हरेकको क्यानर परीक्षण गर्नु अनिवार्य गर्नु पर्ने ।
मुद्दा नं ३ : प्रत्येक उम्मेदवारले जातिय तथा लैङ्गिक विभेद अन्त्य गर्न सक्रिय हुने शपथ लिने ।
मुद्दा नं ४ : प्रत्येक पदाधिकारी पालिका देखि केन्द्रसम्मकाले वर्षमा कम्तीमा दशदिन विपाश्यना केन्द्रमा बिताएको हुनु पर्ने ।
गौरव गुरुङ

देश बनाउन भनेर उक्लेको अरु सरकारमा हुँदा सडक देखि सदन तताउन खोज्ने घोक्रो फुलाउने तर आफ्नो संगठन सरकारमा हुँदा र आफू संगठनको लगभग कार्यकारी स्थानमा हुँदा बेपत्ता एक युवा नेता भनिने व्यक्ति सामाजिक सञ्जाल फेसबुकमा देखिएका छन्।
मागी खाने शिक्षालाई देशव्यापी रूपमा लागू गर्न जोड दिने भनाइ ।
रमेश खनाल

विद्यालय शिक्षा( ०-१२) पुर्णतया नि:शुल्क र अनिवार्य हुनुपर्छ । उच्च शिक्षा उत्पादनमुलक , स्वरोजगार र योग्यताका आधारमा प्रतिस्पर्धाबाट छनोट गरि सरकारले सस्तो रकममा पढाउन पहल गर्नु पर्छ ।
रतन कार्की

शिक्षा क्षेत्रका माफियालाई साइड लगाऊ । प्रविधिक शिक्षाको नामको लुटतन्त्र अन्त्य गरि प्रयोगात्मक विधिमा ध्यान दिउ कोहि बेरोजगार बस्नु पर्दैन।
लोकेन्द्रबहादुर बोहरा

नीतिगत भए नि सहि तर भ्रस्टाचारजनन्य नया नया श्रोतहरु बारे पनि वृहत छलफल चलाउन पर्यो काजी साप, बरु यस बारेमा रास्ट्रीय स्तरमै अन्तरक्रिया गर्न परे पनि हेलिकप्टर चार्टर गरेर भए पनि देश दौडाहामा निस्कनुस ,यो सुनौलो अवसर नगुमाउनुस ल !!
खत्री हरि

प्रतिक्रिया