विर्तामोडका नन्दिकेशर प्रसाईंले १६ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको जग्गा दान गरे

काठमाडाैं । झापाको विर्तामोड नगरपालिका-९ का नन्दिकेशर प्रसाईं (नरेश ) ले १६ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको जग्गा दान गरेका छन् । उनले विर्तामोड-९ मै रहेको बिष्णु लक्ष्मी समाज सेवालाई भवन बनाउनका लागि जग्गा उपलब्ध गराइदिएका हुन् ।
उनले ३ लाख रुपैयाँ धुर पर्ने ५.५ धुर जग्गा निशुल्क उपलब्ध गराए । प्रसाईंले समाज सेवाका लागि जग्गा दान गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्नेलाई हरक्षेण सहयोग गर्न तयार रहेको बताए । उनले सबैले समाज सेवाको भावना राखे धेरै असहाय र गरिबी मुनि बाँचिरहेको मुहारमा हासो ल्याउन सकिने बताएका छन् ।
हाल संयुक्त राज्य अमेरिका बस्दै आएका प्रसाईंले यसअघि पनि विर्तामोड-९ मा रूपनाराण पवित्रा स्मृति प्रतिष्ठान स्थापना गरेर असहायलाई सहयो गर्दै आएका छन् । एक वर्ष अगाडि स्थापना भएको सो समाज सेवाले जेहेनदार विद्यार्थीलाई पनि निशुल्क शिक्षा प्रदान गर्ने उद्देश्य राखेको छ। प्रसाईंले रुपनारायण पवित्रा स्मृति प्रतिष्ठानमा पाँच लाख पाँच हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।
प्रसाईंले पाँचथर फिदिममा पनि मनु स्मृति प्रतिष्ठानको स्थापना गरेर २ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिसकेका छन् । उनले सबैले सबैको लागि सोच्न सकेमात्र मानव भएको धर्म निभाउन सकिने बताएका छन् । उनले मानवले अरुलाई सहयोग नगरे मानव र पशुबीच केही फरक नहुनेसमेत बताए । उनले सबैलाई सहयोगको भावना राखेर अगाडि बढ्न समेत सुझाव दिएका छन् ।
प्रसाईंले जग्गा दिएको ठाउँमा भूमि पूजा गरेर सोमबारबाट भनव निर्माण समेत थालनी भएको बताइएको छ ।

प्रतिक्रिया