डिजेल र हवाई इन्धनको मूल्य भने बढ्यो

नेपालखोज २०७९ वैशाख ५ गते २०:४१

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ मूल्य सूचीमा आइओसीले पेट्रोलको मूल्य ४ रुपैया ७९ पैसा घटाएर पठाएको छ । भने डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढाएर पठाएको छ ।

नेपाल आयल निगमका सहप्रवक्ता पुस्कर कार्कीले आज विज्ञप्ति जारी गर्दै आइओसीले अप्रिल १६ तारिखमा नयाँ मूल्यसूची पठाएको जानकारी गराएका छन् ।

यसपछि पनि निगमलाई आगामी १५ दिनमा करिब ३ अर्ब ७४ करोड घाटा हुने स्थिति रहेको निगमले जनाएको छ । हाल पेट्रोल प्रतिलिटर १६० रूपैयाँ, डिजेल र मट्टीतेल १४३, हवाइ इन्धन १५६ र एलपी ग्याँस १ हजार ६ सय रूपैयाँ छ । यसअघि अप्रिल १० मा पनि आइओसीले मूल्यसूची पठाएको थियो ।

निगमको संञ्चिती रकम र अन्य कोषका रकमहरु सबै पेट्रोलियम पदार्थको खरिदमा सकिएकोले ईण्डियन आयाल कर्पोरेशनलाई २३ अप्रिल २०२२ मा तिर्नुपर्न रकम भुक्तानी गर्नुपर्ने अवस्था रहेकाले पेट्रोलियम पदार्थ खरिद वापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई कठिन हुने जनाइएको छ ।

प्रतिक्रिया