बिहीबार, जेठ ३, २०८१

आउँदै छ तीव्र गतिको iQOO Z6 Pro

नेपालखोज २०७९ वैशाख ६ गते १४:०३

काठमाडौं । स्मार्टफोनको संसार अहिले क्यामेराबाट अघि बढ्दै फार्स्ट चार्जिङ, गेमिङ तथा मल्टी टास्किङसम्म पुगेको छ । अहिले स्मार्टफोन निर्माता कम्पनीहरु स्तरीय भिडियो खिच्न सक्ने क्यामेराका साथ छिनभरमै चार्ज हुने फोनमा आफूलाई केन्द्रित गरिरहेका छन् । यसक्रममा फोन निर्माता कम्पनी iQOO ले यही वैशाख १४ गते (२७ अप्रिल) iQOO Z6 Pro 5G स्मार्टफोन लन्च गर्ने भएको छ ।

कम्पनीले यसलाई सर्वाधिक तीव्र गतिको स्मार्टफोन बताएको छ । यो फोनको अन्तर्राष्ट्रिय बजार मूल्य ४० हजार रुपैयाँ आसपास रहनसक्छ । कम्पनीको दाबीअनुसार यो फोन स्मार्टफोनको संसारमा धमाका साबित हुनेछ । यसमा क्वालकम स्नेपड्रागन ७७८ जी फाइभजी, ६६ वाट फ्लासचार्ज तथा ५५० के प्लसको सबैभन्दा तीव्र AnTuTu स्कोर दिइनेछ ।

iQOO का अनुसार गेमिङ लभर्सहरुलाई यो फोनले एउटा नयाँ अनुभव दिनेछ । किनभने य‍ो आफैंमा फाटेस्ट फोन हुनेछ । यसमा स्नेपड्रागन ७७८ जी फाइभ-जी प्रोसेसर जडान गरिएको छ । यसले कम ब्याट्री खर्चमै अलग गेमिङ एडभेन्चर दिनेछ । यसमा ६ एनएमको प्रोसेसर रहनेछ जसको मद्दतले सीपीयू तथा जीपीयूको क्षमता ४०-४० प्रतिशतसम्म वृद्धि हुनेछ ।

कम्पनीले केही दिनपहिले जेड ६ सिरिजको iQOO Z6 Pro 5G फोन लन्च थियो । iQOO Z6 5G को अन्तर्राष्ट्रिय बजार मूल्य ३३,५०० रुपैयाँ जति छ । iQOO Z6 फाइभ-जी मोबाइल फोनमा ६.५८ इन्चको IPS LCD डिस्प्ले उपलब्ध हुन्छ । यसको डिस्प्ले रेजोल्युसन १०८०×२४०८ पिक्सल, २०:९ आस्पेक्ट रेसियो तथा रिफ्रेस रेट १२० हर्ज छ ।

यो फोन एड्रोइड १२ मा आधारित Funtouch १२ मा अपरेट हुन्छ । यसमा अक्टा कोर Qualcomm SM6375 स्नेपड्रागन ६९५ फाइभ-जी प्रोसेसर दिइएको छ । यो फोन तीन स्टोरेज भेरियन्ट ४ जीबी र्याम तथा १२८ जीबी स्टोरेज, ६ जीबी र्याम तथा २५६ जीबी स्टोरेज एवं ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज अप्शनमा उपलब्ध हुन्छ ।

iQOO Z6 Pro 5G फोनमा ट्रिपल क्यामेरा सेटअप दिइएको छ । यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेराका साथ २-२ मेगापिक्सेलका दुईवटा क्यामेरा उपलब्ध गराइएको छ । य‍ो स्मार्टफोनको फ्रन्टमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि छ । यो फोनमा १८ वाटको फार्स्ट चार्जिङ सपोर्टका साथ ५००० एमएएचको ब्याट्री जडान गरिएको छ ।

प्रतिक्रिया