गठबन्धनको बैठक आज पनि बस्दै, भागबन्डा मिलाउनै सकस

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धन बैठक आज पनि बस्न लागेकाे हाे ।
सोमबार दोस्रोपटक बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँडको मस्यौदामाथि छलफल भए पनि कतिपय पालिकाको विषयमा दलहरुको आ-आफ्नै दाबी रहेको कारण सहमति जुट्न सकेकाे थिएन ।
सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन सोमबार दिनभरको प्रयास असफल भएको थियो ।
यसअघि आइतबार बेलुकी ६ महानगर र ११ उपमहानगरमा हुने सम्भावित शक्ति बाँडफाँडको खाका बनेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा पोखरा महानगरपालिका र केही उपमहानगरपालिकाको प्रमुख कसले लिने भन्नेमा कुरा मिल्न नसकेको हो ।

प्रतिक्रिया