बिहीबार, जेठ ३, २०८१

सुनकाे भाउ सामान्य घट्याे, चाँदीकाे स्थिर

नेपालखोज २०७९ वैशाख ६ गते १०:४५

काठमाडाैं । नेपाली बजारमा आज (मंगलबार) सुनकाे भाउ घटेकाे छ भने चाँदीकाे भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ४ सय रूपैयाँले घटेर १ लाख २१ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार १ लाख २५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ४ सय रूपैयाँले घटेकाे छ । आज तेजाबी सुन १ लाख १६ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार तेजाबी सुन १ लाख २ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेकाे छ । आज चाँदी १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साेमबार पनि चाँदी १४ सय २० रूपैयाँमा नै काराेबार भएकाे थियाे ।

प्रतिक्रिया