बिहीबार, जेठ ३, २०८१

ओपो फाइन्ड एनलाई आइएफ डिजाइन अवार्डस् २०२२ मादुई अवार्ड

नेपालखोज २०७९ वैशाख ६ गते २०:१५

काठमाडौं । ओपोको पहिलो फोल्डेवल फ्ल्यागशिप, ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवका लागि आईएफ डिजाइन अवार्ड्स २०२२ मा दुई उपाधि हात पारेको छ ।ओपोले आफ्नो पहिलो फोल्डेवलफ्ल्यागशिप स्मार्टफोन, ओपो फाइन्ड एन, सन् २०२१को डिसेम्बरमा सार्वजनिक गरेको थियो ।

दुबै डिस्प्लेको समस्तिगत अनुभव प्रदान गर्ने किसिमले पृथक डिस्प्ले रेसियोका साथमा यसको समग्र डिजाइन गरिएको छ । यसको बाह्य स्क्रिनमा एकै हातले सहजै प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ परम्परागत फोन कै आकार संग मिल्दो जुल्दो १९ः९ रेसियोको प्रयोग गरिएको छ । त्यसैगरी यसको भित्री डिस्प्लेमा ८.४ः९ एस्पेक्ट रेसियोको प्रयोग गरिएको छ । यसले गर्दा फोनलाई अन फोल्ड गर्दा थप सहजताको अनुभव गर्न सकिन्छ ।

फोनमा रहेको ठूलो स्क्रिनको पूर्ण प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ ओपोले फोल्डेवल उपकरणका लागि कस्टम सफ्टवेयरका लागि टू–फिंगर स्प्लिट स्क्रिन जस्ता विभिन्न आकर्षक सफ्टवेयरहरु पनि उपलब्ध गराएको छ । टू-फिंगर स्प्लिट स्क्रिनका माध्यमबाट प्रयोगकर्ताले सहजै स्क्रिनको मध्य भागबाट दूई औँलाको सहायताबाट तलतिर स्वाइप गरी स्क्रिनलाई स्प्लिट गरी मल्टिटा स्किंगका लागि उपयोग गर्न सक्छन् ।

त्यसैगरी, ओपो फाइन्ड एनमा स्व-विकसित फ्लेक्सियोन हिन्ज पनि उपलब्ध छ । फ्लेक्सियोन हिन्ज डिजाइनले फोनको भित्री स्क्रिनमा देखिने क्रिजको मात्रामा कमी ल्याउँदै उपकरणलाई ५०–१२० डिग्रीको कुनै पनि कोणमा सहजै उभिने कार्यमा सहजता प्रदान गर्छ । साथै, फोल्ड गरिएको अवस्थामा यसले डिस्प्ले बीचको “ग्यापमा” कमी ल्याउँदै भित्री स्क्रिनलाई स्क्र्याचबाट जोगाउनुका साथै प्रयोगकर्तालाई कम्प्याक्ट अनुभव प्रदान गर्छ । चीनमा सार्वजनिक गरेदेखि नै ओपो फाइन्ड एनले उल्लेखनीय सफलता हासिल गरिरहेको छ । विक्रीका आधारमा यसले पहिलो महिनामै १० लाखभन्दा बढी अर्डर नाघि सकेको छ ।

प्रतिक्रिया