सोमबार, वैशाख २९, २०८२

मन्दिरबाट चोरिएका मूर्तिहरूसहित दुईजना पक्राउ

नेपालखोज २०७९ वैशाख ६ गते २०:५२


काठमाडौं । अवैध रुपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुन तथा मोबाईल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुली तिनपटन गाउँपालिका–३ वतन भएका २२ वर्षीय हेमराज न्यौपाने र धादिङ निलकण्ठ नगरपालिका–७ वतन भएका ३४ वर्षीय राजेन्द्र अधिकारी रहेका छन् । हेमराजको साथबाट ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन १३ प्रो म्याक्स त्यस्तै राजेन्द्रको साथबाट पनि ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन प्रो म्याक्स बरामद भएको छ ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा सुटकेशभित्र फल्स बटम बनाई उक्त सुन तथा मोबाईल राखेर भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

नागार्जुन नगरपालिका-७ स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका–४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेशी नगरपालिका–४ घर भएका ५६ वर्षीय कान्छा मगर रहेका छन् ।

नागार्जुन नगरपालिका–६ फस्कुस्थित सडकमा एकजना पुरुष व्यक्तिले बोराभित्र चोरीका सामानहरु बोकी हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उमेश खड्कालाई चोरीका मूर्ति लगायतका सामानहरु लुकाई छिपाई लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उक्त मूर्तिहरु इन्द्रायणी मन्दिरबाट कान्छा मगर समेतको मिलेमतोमा चोरी गरेको खुल्न आएपछि कान्छा मगरलाई समेत काठमाडौं महानगरपालिका–१५ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट तामाको कलश ३ थान, अर्ग १ थान, पित्तलको सानो घण्टी १ थान, सेतो शंङ्ख १ थान, माटोको गणेशको मूर्ति १ थान, शिवलिङ्ग २ थान, सिल्भरको शिव, पार्वती र गणेशको मूर्ति २ थान, किटको शिव, पार्वती र गणेशको मूर्ति १ थान, श्रीकृष्णको मूर्ति १ थान, शिवको मूर्ति १ थान र दुर्गा माताको मूर्ति १ थान प्रहरीले बरामद गरेको छ । उनीहरू उपर चोरी तथा डाँका गर्न नहुने कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया