शनिबार, वैशाख १३, २०८२

‘दुई वर्षपछि न्युयोर्क अटो शो’

नेपालखोज २०७९ वैशाख ७ गते १४:२७

न्युयोर्क । दुई वर्षको स्थगनपछि एकपटक फेरि न्युयोर्क इन्टरनेसनल अटो शोको आयोजना भएको छ । कोभिडका कारण बिथोलिएको न्युयोर्क अटो शो आफ्नो फर्ममा फर्कंदा उत्पादक, विक्रेता तथा दर्शक सबैमा विशेष उत्साह देखिन्थ्यो ।

यो शोमा कारका विभिन्न पर्फरमेन्स देखाउन पेसेवर ड्राइभरहरु बोलाइएका थिए भने प्रदर्शन स्थलमै एउटा ट्रयाकसमेत तयार गरिएको थियो । इलेक्ट्रिक कारको चर्चा य‍ो अटो शोमा इलेक्ट्रिक कारका अतिरिक्त नयाँ किसिमका चार्जिङ सलुसनका साथ ग्राहकलाई जागरूक बनाउने कार्यक्रमसमेत प्रस्तुत गरियो ।

यो अटो शोमा उपभोक्ताहरुले नयाँ-नयाँ कारको सवारी गर्ने अवसर प्राप्त गरे । त्यहाँ भविष्यमा आउने कार चलाएर हेर्ने मौका पनि थियो । इलेक्ट्रिक कार निर्माण गर्ने कम्पनी इन्डी वनले आफ्नो ईभीका लागि यहि शोबाट अर्डर बुक गर्ने काम सुरु गर्‍याे । ‘कार अफ दी इयर’ हुन्डाई IONIQ5 न्युयोर्क इन्टरनेशनल अटो शोमा २०२२ क‍ो ‘कार अफ दी इयर’ चुनियो ।

यो कारले ‘वर्ल्ड कार डिजाइन’ तथा ‘वर्ल्ड इलेक्ट्रिक भइकल अफ दी इयर’को उपाधिसमेत प्राप्त गर्‍याे । न्युयोर्क इन्टरनेसनल अटो शोमा कारको भविष्यको झलक पाइन्थ्यो । त्यहाँ इलेक्ट्रिक कारका अतिरिक्त एसयूभीमा पनि मानिसहरुको जोड देखियो । उक्त अवसरमा किया, हुन्डाई, निसान आदि थुप्रै कम्पनीले आफ्ना फेमिली कार बजारमा उतारे ।

प्रतिक्रिया