वाग्मतीसहित ६ वटा प्रदेशमा वर्षाको सम्भावना

नेपालखोज २०७९ वैशाख ७ गते ६:०६

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक  बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था रहेकाे विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने, प्रदेश १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने, प्रदेश १, मधेश प्रदेश, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया