इंग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियाे

नेपालखोज २०७९ वैशाख ७ गते ९:२१

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । आज बिहान सकिएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि ४–० गोल अन्तरको जित दर्ता गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुलले ३२ खेलबाट ७६ अंक बनाउँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३१ खेलबाट ७४ अंक रहेको छ ।

पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा पनि २ गोल थपेको थियो । साडियो मानेले ६८ औं मिनेटमा गोल गर्दा लिभरपुल ३–०ले अघि बढेको थियो । पराजित भएको म्यानचेस्टर युनाइटेड तालिकाको छैटौं स्थानमा छ । 

प्रतिक्रिया