अमेरिकी सांसदको प्रतिनिधिमण्डल नेपाल आउँदै
नेपालखोज
२०७९ वैशाख ७ गते १३:११

काठमाडौं । अमेरिकी सांसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल आउने भएका छन् ।
यही शुक्रबार नेपाल आइपुग्ने अमेरिकी प्रतिनिधिमण्डलका सदस्यहरु आगामी आइतबारसम्म नेपालमा रहनेछन् । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासले उनीहरुले आगामी अप्रिल २२ देखि २४ सम्म नेपाल भ्रमण गर्न लागेकाे जानकारी दिएको छ ।
नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्न लागेकाले यस भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ । सिनटेर कोरी बुकरको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा यो मजबुत कंग्रेसनल डेलिगेसनले पोल्यान्ड, संयुक्त अरब इमिरेट्स, भारत, नेपाल र जर्मनीको भ्रमण गर्ने उल्लेख गरेको छ ।
भ्रमणका क्रममा युक्रेनमाथि रुसको आक्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ । नेपालले संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार युक्रेनमाथिको रुसको आक्रमणको विपक्षमा आफूलाई उभ्याएर विभिन्न मतदानमा भागसमेत लिएको छ । -रासस
सम्बन्धित

प्रतिक्रिया