थपिए १३ संक्रमित, २५ जना डिस्चार्ज
नेपालखोज
२०७९ वैशाख ७ गते १६:५३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ५२८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा र थप ९ जना र १ हजार ३४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा काेराेना भएकाे छ । नेपालमा हाल जम्मा ३१८ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप २५ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । त्यस्तै, चौबीस घण्टामा थप ७६ हजार ३७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया