निर्वाचन आयोगले भन्यो- राजनीतिक दल र उम्मेद्वारको चुनाव चिह्न भएको ज्याकेट, टी-सर्ट, टोपी नबाँड्नू
नेपालखोज
२०७९ वैशाख ७ गते २०:१२

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको चुनाव चिह्न अंकित ज्याकेट, टी–सर्ट, टोपीलगायत कुनै किसिमको पहिरन वा स्टिकर नबाँड्न चेतावनी दिएको छ ।
आयोगले चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको र आचारसंहितामा चुनाव चिह्न भएको कुनै प्रकारको पहिरन, लोगो, झोलालगायत साङ्केतिक सामग्री बाँड्न रोक लगाएको स्मरण गराउँदै त्यस्तो काम नगर्न भनेको हो ।
कतिपय ठाउँमा चुनाव चिह्न भएको पहिरन बाँडेको जानकारी आएको भन्दै आयोगले त्यस्ता किसिमका वस्तुको वितरण तत्काल रोक्न आग्रह गरेको हो ।
त्यस्तै आयोगले त्यस्ता सामग्रीको उत्पादन तथा बिक्री/वितरण गर्ने काम तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सलाई पनि अनुरोध गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया