कांग्रेसलाई कसैको बैशाखीको आवश्यकता पर्दैन : नेता कोइराला

नेपालखोज २०७९ वैशाख ७ गते २१:४०

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताएका छन् ।

आज नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठि कार्यक्रममा बोल्दै नेता कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई कसैको बैशाखीको आवश्यकता नपर्ने बताएका हुन् ।

उनले निर्वाचनमा कांग्रेस एक्लै लडे पनि गन्तव्यमा पुग्न सक्ने बताए । नेता कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय विपरित गठबन्धनका शिर्ष नेताहरुको बैठक बसेर जिल्लामा निर्णय पठाइएको बताए । उनले ३६ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै नयाँ मतदातालाई कांग्रेस बनाउन नसकेमा कांग्रेस कमजोर हुने बताए ।

कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिह्न लगाउनुपर्ने अवस्था आएको भन्दै उनले यसको लेखाजोखा निर्वाचन पछि गर्ने पनि बताए । उनले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन घर–घरमा जान पनि विद्यार्थीहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया