मंगलबार, वैशाख २५, २०८१

ज‍ो अविवाहित रहे…

नेपालखोज २०७९ वैशाख ८ गते ११:३७

काठमाडौं । बलिउड सेलेब्सहरु आफ्नो फेसन , रहन-सहन तथा ब्यक्तिगत जीवनका कारण पनि चर्चामा आइरहन्छन् । यसक्रममा उनिहरुक‍ो ब्रेकअप , लिङकअप , बिबाह आदिका खबर मिडियामा छाइरहन्छ । प्रेम , बिबाह , लिभिङ टुगेदर , पारपाचुके आदिक‍ो यो कोलाहालमा बलीउडमा केहि यस्ता अभिनेत्रीहरु पनि छन जो अहिलेसम्म सिंगल नै छन । उमेर घर्किदै गए पनि उनिहरुको बिबाहको कुनै छाँटकाट पनि देखिदैन ।

नायीका आशा पारेखले १९५९ देखि १९७३ सम्म बलीउड मा राज गरेकि थिइन । मीडिया रिपोर्टहरु अनुसार आशा एक समय निर्देशक नासिर हुसेन संगको रिलेशनशिपमा थिइन । आफ्नो आत्मकथामा उनले स्वीकार पनि गरेकि छिन कि उनि नासिर सँग प्रेम गर्थिन । यद्यपि उनिहरु बिच बिबाह हुन सकेन भने आशा अबिबाहित नै रहिन ।

एकताका सबैलाई थाहा थियो कि अभिनेत्री तथा गायीका सुरैया र सुपरस्टार देव आनन्द एक अर्कालाई निकै निकै मनपराउँछन । पारिवारिक कारणले उनिहरु एक हुन सकेनन् भने सुरैया आजिवन अबिबाहित रहिन ।

तब्बु पनि ती बलीउड एक्ट्रेस हुन जसले अहिलेसम्म बिबाह गरेकि छैनन् । मीडिया रिपोर्ट्स अनुसार एकताका तब्बु तेलुगु सुपरस्टार नागार्जुन संँगको रिलेशनशिपमा थिइन ।

१९७०-८० को दशकमा सुलक्षणा पन्डित निकै लोकप्रिय अभिनेत्री मानिन्थिन । उनले त्यतिबेलाका सबै जसो टप एक्टर्स संँग काम गरेकि थिइन । सुलक्षणा उतिबेलाका उम्दा नायक संजीव कुमार सँग प्रेम गर्थिन र उनले संजीव कुमार समक्ष बिबाहको प्रस्ताव समेत राखेकि थिइन । संजिव कुमार त अल्पायु मै बिते यता सुलक्षणाले पनि बिबाह गरिनन ।

नगमा बलीउडमा कहलिएकि अभिनेत्री हुन । नगमाले पनि अहिलेसम्म बिबाह गरेकि छैनन् ।

यसैगरि ७०-८० को दशकमा परवीन बाबीक‍ो गिन्ति ग्लामरस एक्ट्रेसका रुपमा हुन्थ्यो । उनको नाम कैंयन नायक सँग जोडियो तर उनिभने अबिबाहित नै रहिन र अन्तत प्राण त्याग गरिन ।

आशिकी जस्तो सुपरहिट फिल्म बाट करियर शुरु गर्ने अनु अग्रवाल दुर्घटनाको शिकार भए पछि उनक‍ो अनुहारमा क्षति पुग्यो । त्यसपछि उनको फिल्मी करियर पनि अघि बढन सकेन भने उनले अहिलेसम्म बिबाह पनि गरेकि छैनन् ।

यो सुचिमा दिव्या दत्ता पनि शामेल छिन । दिव्याले आफुलाइ रोमान्टिक सम्बन्धहरु बाट टाढैं राखिन । फलस्वरूप अहिले ४४ वर्षको उमेरसम्म पनि उनि अबिबाहित नै छिन ।
-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया