सोमबार, पुष ७, २०८२

युक्रेन-रुसबीचको युद्धमा अब के होला ?

नेपालखोज २०७९ वैशाख ८ गते ९:५५

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको दम्भ तथा रूसी सेनाको लगातारको हमला बीच आज संसारको नजर कसैमाथि टिकेको छ भने उनी युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की नै हुन् । जसले रुसी हमलाका सन्दर्भमा भनेका थिए- ‘उनीहरुले हामीलाई ५ दिनको समय दिएका थिए । हामी आज ५० दिन बितिसक्दा पनि ज्युँदै छौं, यसमा हामीलाई गर्व छ । ‘

२४ फेब्रुअरीमा सुरु भएको रुसी हमलाले अब दुई महिना पूरा गर्दै छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले जब युक्रेनविरुद्ध एकतर्फी हमलाको घोषणा गरे त्यतिबेला संसारभरका मानिसहरूको मनमा एउटै प्रश्न थियो- रूसको विशाल सेनाका अगाडि फिस्टोजस्तो मुलुक युक्रेन कति दिन टिक्न सक्छ ? दुई दिन, चार दिन वा एक साता ?

हतियार तथा सैन्य तागतको तथ्यांकमा रूस भन्दा धेरै तल रहेका कारण युक्रेन युद्ध मैदानमा धेरै दिन टिक्दैन भन्ने मान्यता धेरैजसोको थियो । रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले २४ फेब्रुअरीमै युद्धको घोषणा गर्दै धम्क्याएका थिए- युक्रेनी सेनाहरू हतियार बुझाएर घर फर्क । यद्यपि, पुटिनले सोचेजस्तो केही भएन र यो लडाई लम्बिँदै गएर आज दुई महिना पूरा गर्ने क्रममा छ । हमला सुरु गरेको दुई महिनापछि रूसका अगाडि युक्रेनी सहरहरूलाई खण्डहर बनाएको, हज्जारौं मानिसको हत्या गरेको तथा लाखौंलाखलाई विस्थापित तुल्याएको बाहेक अरु कुनै ठूलो उपलब्धि हात परेको छैन ।

रुसले पूरै युक्रेन त कुरै छाडौं युक्रेनको कुनै सहरमा पूरै कब्जासम्म जमाउन सकेको छैन । बरु उसले आफ्ना ९ जना जनरलसहित सबैभन्दा ठूलो युद्धपोत गुमाएको छ । अहिले रूसी सेना र पुटिनका सामु दुश्मन देश र आफ्नै विनाशबाहेक देखाउन लायक कुनै उपलब्धि छैन ।

युक्रेनको सेक्रेट तागत !
रूससँगको यो युद्धमा कुनै पनि देश सीधैं युक्रेनको साथ खडा भएको पाइँदैन । तापनि, रूसी हमलाविरुद्ध सारा संसार एकजुट छ । अमेरिका, ब्रिटेन, जर्मनीसमेत संसारका थुप्रै देशले रूसविरुद्ध लड्न युक्रेनलाई हतियार उपलब्ध गराइरहेका छन् । २४ फेब्रुअरीयता अमेरिकाले मात्र युक्रेनलाई २.६ अर्ब डलर (करिब ३२ हजार करोड रुपैयाँ) को सैन्य सहायता दिने घोषणा गरिसकेको छ ।

युक्रेनको सीमानजिक भएका छिमेकी देशका गोप्य सैन्य अखडामार्फत अमेरिकाले युक्रेनको सेनासम्म ती हतियार, गोला, बारूद, मिसाइल, एन्टी ट्यांक मिसाइल आदि पुर्याइरहेको छ र त्यसकै बलमा भुसुना मानिएको युक्रेनी सेनाले पुटिनको विश्व तागतलाई चुनौती दिइरहेको छ ।

कहाँबाट कति मद्दत ?
अमेरिकाले अहिलेसम्म युक्रेनलाई १४ सयभन्दा बढी स्टिंगर मिसाइल, ५ हजार ज्याभलिन मिसाइल, ७ हजारभन्दा बढी एन्टी आर्मर, ५ करोडभन्दा बढी गोली, ४५ हजारभन्दा बढी आर्मर र हेलमेट, लेजर गाइडेड रकेट सिस्टम, ट्रेकिङ रडार, काउन्टर-मोर्टार रडार सिस्टम, नाइट भिजन डिभाइसजस्ता सैन्य सामग्री प्रदान गरिसकेको छ ।

गएको साता नै अमेरिकी राष्ट्रपति जो बाइडेनले ८०० मिलियन डलरको थप सहायताको घोषणा समेत गरेका छन् । यो सहायताअन्तर्गत अमेरिकाले युक्रेनलाइ Mi-17 हेलिकोप्टर, होवित्जर तोप, ४० हजार आर्टिलरी राउन्डस, ज्याभलिन एन्टी-ट्यांक मिसाइल, केमिकल, बायोलजिकल तथा परमाणु हतियारबाट जोगाउने इक्विपमेन्टस आदि उपलब्ध गराउनेछ । हतियारका साथ अमेरिकी सेनाले युक्रेनी सेनालाई खास ट्रेनिङ पनि दिइरहेको छ जसले उनीहरुलाई रूसविरुद्ध रणनीति तयार गर्न तथा लड्न सहयोग पुर्याइरहेको छ ।

अमेरिकाका अतिरिक्त ब्रिटेनले पनि युक्रेनलाई १३२ मिलियन डलरको सैन्य मदत प्रदान गर्दै ४ हजार भन्दा बढी NLAW मिसाइल, एन्टी-ट्यांक मिसाइल, ज्यभलिन मिसाइल, एन्टी-एयर मिसाइल, ३ हजार बढी आर्मर, २ हजार हेलमेट तथा ४ हजार बुट उपलब्ध गराएको छ ।

रिपोर्टअनुसार संसारका २५ भन्दा बढी देशले युक्रेनलाई सैन्य सहायता प्रदान गरेका छन् । जसमा जर्मनीले एक हजारभन्दा बढी एन्टी-ट्यांक हतियार तथा ५०० स्टिङगर मिसाइल पठाएको छ । चेक रिपब्लिकले होवित्जर तोप तथा ट्‍यांक दिएको छ । स्विडेनले ५ हजारभन्दा बढी एन्टी-ट्‍यांक हतियार दिएको छ । यसैगरी फिनल्यान्ड ले १.५ लाख भन्दा बढी गोली, १५०० रकेट लन्चर्स, २५०० असोल्ट राइफल युक्रेन पठाएको छ । बेल्जियम, पोर्चुगल तथा डेनमार्कले एन्टी-ट्‍यांक हतियार अटोमेटिक राइफल पनि उपलब्ध गराएका छन् ।

एक्सपर्ट विदेशी लडाकु

रूसी हमलाविरुद्ध युक्रेनको अर्को ठूलो तागत डेढ लाख विदेशी लडाकु हुन् जो अलग-अलग देशबाट स्वयंसेवकका रुपमा युक्रेनका पक्षबाट लडिरहेका छन् । यसमा अनेकन देशका पुर्व कमान्डो, सैन्य एजेन्ट, मरिन फाइटर आदि सामेल छन् जो युद्ध कलामा सुप्रशिक्षित छन् । उनीहरुले रूसी सेनाको हमला विरुद्ध यस्तो रणनीति तयार गरिरहेका छन् जसले अलग-अलग शहरमा युक्रेनी सेनासँग मिलेर रुसी सेनालाई विफल बनाइरहेको छ ।

युक्रेनलाई कम आँक्ने गल्ती
रूसले २००८ मा जर्जिया बिरुद्ध हमला बोेको थिय‍ो । ८ अगस्तमा शुरू भएको त्यो युद्ध १२ अगस्त मै समाप्त भयो । त्यस पछि २२ फरवरी २०१४ मा रूस समर्थित अलगाववादिहरुले युक्रेनको क्रीमिया माथि हमला गरे अनि १६ मार्च का दिन पुटिनले क्रीमिया लाइ रूसमा विलय गरे । यसपटक पनि पुटिन लाई के लागेक‍ो थियोे भने यो युद्ध धेरै दिन लम्बिदैन । पुटिनले यहीँ गल्ती गरे । उनले हमला पहिले युक्रेनको सीमानामा करिब २ लाख रूसी सैनिक तैनात गराए जुन युक्रेनको कुल सैनिक बराबरको संख्या हो । यसबाट के बुझिन्थ्यो भने रूस यो लडाइँलाई लामो समय तन्काउने पक्षमा छैन । सिमामा तैनाथ रुसि सैनिक देखेर युक्रेनीहरु तर्सने छन र त्यहाँको सेनाले चाँडै नै आत्मसमर्पण गर्नेछ भन्ने रूसी अनुमान त फेल खाएकै छ त्यसका साथै रुसि सैनिकहरुको प्रशिक्षण देखि लडाकुपन सम्ममा पनि प्रश्न उठन थालेको छ ।

जेलेन्स्कीको नेतृत्व

एकातिर पुटिनको रणनीतिक कमजोरि अर्कातिर युक्रेनी राष्ट्रपति भ्लादिमीर जेलेन्स्किको देशका लागि जे सुकै गर्न तयार हुने मनस्थिति अनि दृढता ले यो युद्ध लाइ लम्बाइरहेको छ । युद्ध शुरू भए पछि रूसी मीडियाले जेलेन्स्कि मारिन सक्ने देखि लिएर युक्रेन छोडेर भाग्ने दाविहरु गरे पनि जेलेन्स्किले कीभमै बसेर युरोपेलि मुलुकका रास्ट्राध्यक्षहरुको स्वागत गरे । उनी बेलायति प्रधानमन्त्री सँग त किभको सडकमै देखिए ।

रूसले जेलेन्स्कि का सामु अनेक शर्त राख्दै आत्मसमर्पण गर्ने प्रस्ताव दिए पनि उनले देश बिरुद्धको कुनै पनि सर्त मान्दिन भन्दै त्यसलाई अस्विकार गरे । बरु उनले आफ्नो देशका आम नागरिकलाई रूसका बिरुद्ध लडन आह्वान गरे । उनको अपिलले काम पनि गर्यो र अहिले युक्रेनका हरेक पेशा ब्यबसायका मानिसहरु हतियार बोकेर देश जोगाउने अभियानमा लागेका छन । युक्रेनका कैंयन शहरमा आम मानिस नै रूसी सेना सँग लडिरहेका पाइन्छन् ।यता जेलेन्स्कि सेना देखि अन्तर्राष्ट्रिय समन्वय सम्ममा ब्यस्त त छन नै साथै सामाजिक संन्जाल मार्फत आमजनता सँग पनि सोझो सम्पर्कमा रहेर उनिहरुको हौसला बढाइरहेका छन ।

अब के होला ?

रूस र युक्रेन बिचको युद्ध दुई महीना पूरा गर्ने क्रममा छ । अहिलेसम्म यो लडाइँ कुनै नतिजामा पुग्न सकेको छैन । ३-४ चरणमा युद्धरत पक्ष बिच वार्ता भए पनि त्यसको ठोस नतिजा निस्कन सकेन । बरु उल्टै य‍ो लडाइँ अब थप खतरनाक हुने आशंका बढेको छ । युक्रेनले रूसी सेनाले आवसिय इलाकाहरुमा केमिकल बम प्रयोग गरेको तथा गैर सैनिक क्षेत्रमा हमला तिब्र बनाएक‍ो गम्भीर आरोप समेत लगाएको छ भने उता रुसले पनि युक्रेनले आफ्नो क्षेत्रमा पसेर हमला गरेको जनाएको छ ।

युक्रेनी सेनाका जनरल स्टाफले के दाबा गरेका थिए भने रूसी राष्ट्रपति पुटिनले आफ्नो सेनालाइ कुनै पनि हालतमा ९ मई सम्म यो युद्ध जित्ने आदेश दिएका छन । यसका लागि पुटिनले केहि दिन पहिले युक्रेन हमलाको रूसी सेनाको कमान जनरल अलेक्जेन्डर ड्भोर्निकोभ लाई सुम्पीएको बताइन्छ ।

रूसी सेनाले अहिले आफ्नो पुरा फोकस डोनबासमा लगाएको छ । जनरल ड्भोर्निकोभको नियुक्ति पनि यहि उदेश्यले गरिएको ह‍ो । बिज्ञहरु के भनिरहेका छन भने – पुटिन ९ मई पहिले नै युक्रेनको बढि भन्दा बढि भाग आफ्नो कब्जामा आओस भन्ने चाहन्छन ताकि संसारलाई आफ्नो जीत देखाउन सकियोस ।

मे ९ नै किन ?

९ मई को दिन नै किन ? किनभने यहि दिन १९४५ मा हिटलरक‍ो नाजी सेनाले सोभियत सेनाका सामु घुँडा टेकेको थियो । उक्त जीतको खुसियालीमा प्रतेक वर्ष मस्को को रेड स्क्वायरमा भिक्ट्री परेडको आयोजना गरिन्छ । पुतिनको योजना छ यो वर्षको ९ मई का दिन उनले रेड स्क्वायरमा उभिएर युक्रेन माथि जीतको घोषणा गर्न सकून् ।

प्रतिक्रिया