आईपीएल : दिल्लीको तेस्रो जित

नेपालखोज २०७९ वैशाख ८ गते ८:४१

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित हात पारेकाे छ । गयराति भएको खेलमा दिल्लीले पञ्जाव किंग्सलाई ९ विकेटले पराजित गर्दै जित हात पारेकाे हो ।

पञ्जावले दिएको ११६ रनको सामान्य लक्ष्य दिल्लीले १०.३ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो । पहिला ब्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो ।

प्रतिक्रिया