बिहीबार, जेठ ३, २०८१

सुनकाे मूल्य सामान्य बढ्याे, चाँदीकाे घट्याे

नेपालखोज २०७९ वैशाख ८ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार १ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेकाे छ । आज चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया