नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न महानिर्देशक गेब्रेयससलाई आग्रह

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गरेका छन् । मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका डा. गेब्रेयससले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडालाई भेटेका हुन् ।
भेटवार्ताको क्रममा नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न महानिर्देशक गेब्रेयससलाई आग्रह गरिएको र उनले सकारात्मक प्रतिक्रिया दिएको मन्त्री खतिवडाले बताए । त्यसगरी मातृ तथा बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना र हेटौँडामा रहेको किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रको विकासका लागि नेपालको तर्फबाट कुरा राखिएको उनले जानकारी दिए ।
महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले शुक्रवार प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेको जानकारी दिइएको छ । त्यसैगरी उनले टेकु अस्पतालमा रहेको ल्याव निरिक्षण गर्ने, पाटन स्कुलको निरिक्षण गर्ने लगायतको कार्यक्रम रहेको जनाइएको छ । भेटवार्ताको क्रममा उनले कोभिड–१९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गरेको भनि प्रशंसा गरेको मन्त्री खतिवडाले बताए ।

प्रतिक्रिया