‘जनताले अनुमोदन नगरेको शक्तिले सरकारको नेतृत्व गर्दा अर्थतन्त्रमा संकट’

नेपालखोज २०७९ वैशाख ८ गते २०:१२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवाली जनादेश पाएको राजनीतिक शक्ति सरकार सञ्चालनभन्दा बाहिर र राज्य सञ्चालन गर्न जनताले अनुमोदन नगरेको शक्ति सरकारको नेतृत्वमा रहेकाले मुलुकको अर्थतन्त्रमा संकट आएको बताएका छन् ।

आज एमाले निकट बुद्धिजीवी परिषद्ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानको उपाय खोजीका अन्तक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । उनले यो गाँठो तत्कालै फुकाउनु पर्ने आवश्यकता भएको भन्दै आगामी निर्वाचनबाट गाँठो फुक्ने मुलुकले नयाँ कोष लिने विश्वास व्यक्त गरे ।

अहिलेको संकट उन्मुख अर्थतन्त्रको विषयमा अर्थतन्त्रका जानकारहरुले अर्थतन्त्र थप संकटमा जान नदिनको लागि निरन्तर खबदारी गर्नुपर्ने ज्ञवालीले बताए । उनले अहिलको सरकारले अर्थतन्त्रमा अनिश्चयता ल्याएको आरोप लगाए ।

सरकारले कतिबेला कस्तो अर्थ नीति ल्याउने, के नयाँ निर्णय गर्छ भन्ने कुरामा अनिश्चय पैदा भएको ज्ञवालीको भनाई छ । उपमहासचिव ज्ञवालीले अघिल्लो ओली सरकारले ल्याएका लोकप्रिय र अर्थतन्त्र चलायमान बनाउने कार्यक्रमहरु बजेट प्रतिस्थापनको नाममा कटौती गर्दा अर्थतन्त्रमा समस्या आएको दाबी गरे ।

प्रतिक्रिया