स्थानीय तह निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने सुरक्षा निकायको प्रतिवद्धता

नेपालखोज २०७९ वैशाख ८ गते २१:३९

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने सुरक्षा निकायहरुले प्रतिवद्धता गरेका छन् ।

आज सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रमुख तथा प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बैठकबारे जानकारी दिदैँ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बैठकमा निर्वाचनको तयारी र निर्वाचनको सम्बन्धमा हुने विभिन्न गतिविधिहरुको तयारीको बारेमा छलफल भएको बताए ।

निर्वाचनलाई कसरी शान्तिपूर्णरुपमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको उनले उल्लेख गरे । बैठकमा सुरक्षानिकायहरुका बिचमा हुने समन्वयको सम्बन्धमा पनि छलफल भएको उनले बताए ।

प्रतिक्रिया