टाटाका अपकमिङ ईभी

काठमाडौं । टाटा मोटर्सले आफ्नो उत्पादनमा इलेक्ट्रिक वाहनलाई निकै महत्त्व दिइरहेको छ । यतिबेला टाटाको Nexon EV बेस्ट सेलिङ इलेक्ट्रिक कार बन्न सफल भएको छ भने टाटाले चाडैं अन्य मोडलका ईभी पनि बजारमा उतार्दै छ ।
टाटा मोटर्सले बितेका केही वर्षयता नयाँ एडभान्स प्रविधीले सुसज्जित वाहन निर्माण गरेर आफ्नो छवि र बिक्री दुबैमा ठुलो परिवर्तन ल्याएको छ । अहिलेसम्म केवल कमर्सियल भेइकलमा कब्जा जमाएको टाटाले घरेलु सबारि साधनको बजारमा जबरजस्त घुसपैठ गरेर यो सेग्मेन्टका दिग्गज प्लेयर्स मारुति सुजुकी तथा हुन्डाई लाई कडा टक्कर दिन थालेको छ । यस क्रममा टाटाले इलेक्ट्रिक भेइकल सेग्मेन्टमा थुप्रै नयाँ मोडलका गाडि लन्च गर्ने तैयारी गरिरहेको छ ।
Tata Nexon EV
टाटा नेक्सोन ईभी (Tata Nexon EV) इलेक्ट्रिक सेग्मेन्टक बेस्ट सेलिङ कार साबित भैसकेको छ । अहिले यसको नयाँ लङ रेन्ज भेरियन्टमा काम भैरहेको छ । रिपोर्ट अनुसार यो नयाँ इलेक्ट्रिक SUV मा 40kWh क्षमताको ठुलो ब्याटरी प्याक प्रयोग हुनेछ जसले सिंगल चार्जमा करिब ४०० किलोमीटरको ड्राइभिङ रेन्ज दिनेछ । यसमा हालको भेरियन्टको ३.३kW को साटो ६.६ kW को बढि पावरफुल एसी चार्जर जडान हुन सक्छ जसले यो एसयूभी अझ छिटो चार्ज हुनेछ । यसका अतिरिक्त यो एसयूभीमा भेन्टिलेटेड सीट्स, एयर प्युरिफायर, क्रुज कंट्रोल, पार्क मोड तथा इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम आदि समेत जडान हुनेबताइएको छ ।
Tata Altroz EV
टाटा मोटर्सले अल्ट्रोज ईभी लाइ सही समयमा बजारमा उतार्ने कुरा बताएको छ । यसको आधिकारिक लन्च कहिले हुन्छ स्पष्ट हुन सकेको छैन । Tata Altroz EV को अपडेटेड भर्सन Ziptron प्रविधिमा आधारित हुने सम्भावना छ जसको प्रयोग नयाँ Nexon EV मा समेत हुनेछ । Tata Altroz EV को इन्टिरियर तथा एक्सटीरियरमा पनि केहि महत्त्वपूर्ण परिवर्तन हुनेछन् ।
Tata Punch EV
टाटाको सबैभन्दा सस्तो र छोटो एसयूभी पन्चले पनि बजारमा शानदार प्रदर्शन गरिरहेको छ । अब चाडैं यसको इलेक्ट्रिक भर्सन पनि तैयार हुँदैछ । यदि टाटाले यसको इलेक्ट्रिक मोडल बजारमा उतार्यो भने यो निकै सस्तो इलेक्ट्रिक कार हुनेछ । यसको स्पेसिफिकेशन डिटेल्स सार्वजनिक नभए पनि यो एसयूभीले सिंगल चार्जमा २५० देखि ३०० किलोमीटर सम्मको ड्राइभिङ रेन्ज दिने अनुमान गरिन्छ ।
Tata Curvv EV
टाटा मोटर्सले यहि महीना आफ्नो Curvv इलेक्ट्रिक एसयूभीको कन्सेप्ट प्रस्तुत गरेको थियो । कम्पनीका अनुसार पहिले Curvv को इलेक्ट्रिक भर्सन लन्च हुनेछ भने त्यसपछि यसमा पेट्रोल तथा डीजल इन्जिनको विकल्प शामेल गरिनेछ । यो कार २०२४ सम्ममा ब्रिकीका लागी उपलब्ध हुने बताइँदै छ । टाटाले कर्भको पावरट्रेन का सम्बन्धमा केही नबताए पनि यो कार नेक्स्ट जेनरेसन ईभी आर्किटेक्चर मा तैयार हुनेछ जसले एक पटकको फुल चार्जमा ५०० किमीको ड्राइभिङ रेन्ज दिनेछ ।
Tata Sierra EV
टाटाले सिएरा नाममा एक पटक फेरि ब्यापार गर्ने सोच बनाएको छ । नब्बेको दशकमा टाटा सिएरा आफ्नो खास लुक का कारण निकै चर्चित थियो । अब टाटाले यसलाइ इलेक्ट्रिक रुपमा प्रस्तुत गर्ने योजना बनाएको छ । यो एसयूभी बिल्कुल नयाँ SIGMA प्लेटफर्म मा तैयार हुनेछ जुन टाटाको अत्याधुनिक प्लेटफर्म ALFA कै इलेक्ट्रिक स्पेसिफिक भर्सन हो । यो एसयूभी को ड्राइभिङ रेन्ज तथा अन्य मेकानिज्मका सम्बन्धमा कुनै जानकारी दिइएको छैन ।
प्रतिक्रिया