एसईई आजदेखि, ५ लाख विद्यार्थी सहभागी
नेपालखोज
२०७९ वैशाख ९ गते ६:५१

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।
एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको छ । बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी हुँदैछन् ।
सम्बन्धित
प्रतिक्रिया