आइतबार, वैशाख २८, २०८२

अफगान मस्जिद विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, ८० भन्दा बढी घाइते

नेपालखोज २०७९ वैशाख ९ गते ७:०३

काबुल । उत्तरी अफगानिस्तानको मजार–आई–सरिफमा बिहीबार एक शिया मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको र ८०भन्दा बढी घाइते भएका स्थानीय अस्पताल स्रोतलाई उद्धृत गरी अपगान सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त आक्रमण इस्लामिक स्टेट समूहले आफ्ना लडाकूले गरेको दावी गरेको छ । यस पहिले प्राप्त सूचनामा उक्त समूहले आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको बताएको थियो भने अफगानिस्तानको सरकारी अधिकारीहरूले घटनामा पाँचको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएको बताएका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया