आईपीएलमा मुम्बईको लगातार सातौं हार
नेपालखोज
२०७९ वैशाख ९ गते ७:२८

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएकाे खेलमा चेन्नई सुपर किंग्सले मुम्बईलाई तीन विकेटले हराएको छ । पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो ।
जारी सिजनमा मुम्बईको यो लगातार सातौ हार हो । आईपीएलको सर्वाधिक सफल टिममा पर्ने मुम्बईले अहिलेसम्म अंक तालिकामा खाता खोल्न सकेको छैन । चेन्नेई दोस्रो जितसहित तालिकाको पुछारदेखि दोस्रो स्थानमा छ ।
सम्बन्धित

प्रतिक्रिया