जिम्बाबेविरूद्धको सिरिजका लागि नेपाल क्रिकेट टोलीको घोषणा

नेपालखोज २०७९ वैशाख ९ गते १०:०२

काठमाडाैं । जिम्बाबेविरूद्धको सिरिजका लागि नेपाल क्रिकेट टोलीले घोषणा गरेकाे छ । शुक्रबार जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टीक्रिकेटका लागि नेपाल क्रिकेट संघले २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो ।

सन्दीप लामिछाने कप्तान रहेको नेपाली टिममा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोदभण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाशबोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमला रहेका छन् ।

सिरिज बैशाख १७ गतेबाट त्रिवी क्रिकेट मैदानमा सुरू हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ । एकदिवसिय सिरिज बैशाख १७ देखि २१ सम्म चल्ने छ । यस्तै टी(ट्वान्टी सिरिज बैशाख २३ देखि २६ सम्म चल्ने छ ।

प्रतिक्रिया