मन्त्रालयका सबै निकायलाई २० प्रतिशतले इन्धन कटौती गर्न शिक्षा मन्त्रालयको निर्देशन
नेपालखोज
२०७९ वैशाख ९ गते १४:४०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकायलाई इन्धन सुविधा २० प्रतिशतले कटौती गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले वैदेशिक मुद्राको सञ्चितिमा परेको चापको कारण देखाउँदै इन्धन सुविधा कटौती गरेको हो। निकायमा प्रयोग हुने इन्धन सुविधामा २० प्रतिशतले कटौती गर्नु हुन निर्देशन मार्फत अनुरोध गरीएको छ। ‘साथै यो व्यवस्था हाललाई २०७९ असार मसान्तसम्मका लागि रहेको व्यहोरा अनुरोध छ ।’ जारी सूचनामा उल्लेख छ।

सम्बन्धित
प्रतिक्रिया