मंगलबार, वैशाख २५, २०८१

जेठ १३ गते पर्यटनमन्त्री प्रेम आलेसँग सलमानले माउन्ट फ्लाइट गर्ने

नेपालखोज २०७९ वैशाख ९ गते १५:१५

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान नेपाल आउँने भएका छन् । आउँदो जेठ १२ गते उनि नेपाल आउने कार्यक्रम रहेको छ । जेठ १४ मा ‘दबंग टु नेपाल-रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउन लागेका हुन् ।

जेठ १२ गते नेपाल पुगेर साँझ काठमाडौं ओर्लने र जेठ १३ गते पर्यटनमन्त्री प्रेम आलेसँग माउन्ट फ्लाइट गर्ने कार्यसुचि रहेको छ। त्यस्तै सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार जेठ १४ मा साँझ मात्रै दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा सलमान खान पुग्नु अघि नै नेपाली कलाकारले आफनो प्रस्तुति दिइसकेको हुनुपर्ने जनाइएको छ । बलिउडका अन्य कलाकारसँग नेपाल आउन लागेका सलमान खान यसअघि कोभिड महामारीका कारण रोकिन पुगेका थिए ।

प्रतिक्रिया