सोमबार, वैशाख १७, २०८१

रजनीकान्तका उत्कृष्ट चलचित्र

नेपालखोज २०८० साउन २२ गते १५:२७

काठमाडाैं । दक्षिण भारतिय सुपरस्टार रजनीकान्तको डेब्यू फिल्म अपूर्व रागांगल एउटा उत्कृष्ट फिल्म हो जुन हमेसा दर्शकको रोजाइमा छ।सन् १९७८ मा आएको रजनीकान्तको फिल्म मुल्लम मलारामलाई उनको करियरको टर्निङ प्वाइन्ट मानिन्छ ।

मणिरत्नम र रजनीकान्तको फिल्म ‘थलापथी’ पनि उत्कृष्ट फिल्म हो । यो चलचित्र महाभारतको कर्णबाट प्रेरित थियो। बाशा रजनीकान्तको हेर्नै पर्ने चलचित्र हो जसमा उनले अटो चालकको भूमिका निर्वाह गरेका थिए ।

रजनीकान्तको फिल्म मुथु एउटा त्यस्तो नोकरको कथा हो जसले आफ्नो मालिकलाई शत्रुहरूबाट जोगाउँछ । यो फिल्मले धेरै रेकर्डहरु तोडेको छ । रजनीकान्त तथा निर्देशक शंकरको फिल्म शिवाजी- द बोस (शिवाजी) पनि एउटा क्लासिक फिल्म हो जुन ब्लकबस्टर साबित भयो ।

अमिताभ बच्चनको ‘डन’ को तमिल रिमेक बिल्लामा रजनीकान्तको स्टायल देखेर धेरै मानिस उनको दिवाना भएका थिए ।रजनीकान्तको अन्नामलाई पनि क्लासिक हिट फिल्म हो । यो हिन्दी फिल्म खुदगर्जको तमिल रिमेक थियो।

हिन्दीमा रोबोटका नाममा रिलिज भएको रजनीकान्तको फिल्म एन्थिरन उनको करियरको अहिलेसम्मकै उत्कृष्ट चलचित्रको सूचीमा छ । निर्देशक शिव र रजनीकान्तको फिल्म अन्नाथे पनि दर्शकहरुले मनपराएको फिल्म हो ।

प्रतिक्रिया