एमालेको नयाँ मुख्यालयबाट चुनावी घोषणा-पत्र सार्वजनिक (फोटो फिचर)

नेपालखोज २०७९ वैशाख ९ गते १५:२६

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको चुनावी घोषणा-पत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा-पत्र सार्वजनिक गरेका हुन् ।

एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’, ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुने नाराहरू अघि बढाएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणा-पत्रमा ‘आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढछ ?’ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी गराएका छन् ।

चुनावी घोषणापत्रसँगै पार्टीले ७५३ वटै पालिकामा प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेको हो । लोकप्रिय कार्यक्रम ‘आफ्नो गाउँ आफै बनाऊँ ’ भित्र जनताको स्वशासन र सहभागितामलकू लोकतन्त्र सम्बन्धी पार्टीकादृष्टिकोण अन्तरनिहित रहेको घोषणापत्रमा उल्लेख गरिएको छ । आजै सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

एमालेले आजैबाट नयाँ मुख्यालयबाट कामको थालनी गरेको छ । नयाँ पार्टी कार्यालय च्यासलमा रहेको छ । यसअघि एमाले धुम्बाराही हुँदै थापाथली पुगेको थियो । एमालेले आफ्नै भवनमा सरेको हो । सुविधासम्पन्न भवनमा एमाले सरेको जनाइएको छ ।

प्रतिक्रिया