नेपाली कांग्रेसले निर्वाचन आयोग समन्वयन उपसमितिमा आठ सदस्य थप गर्यो
नेपालखोज
२०७९ वैशाख ९ गते १६:१८

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा सदस्य थप गरेको छ । पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा रहेको निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा आठ सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
थप भएका सदस्यमा किरण गिरी काठमाडौं, आनन्द सन्तोषी राई धनकुटा, डिपी अर्याल धादिङ, डिपी उपाध्याय कैलाली, गणेश केसी काठमाडौं, श्याम विश्वकर्मा संखुुवासभा, दिलीपाश्री अधिकारी स्याङ्जा र मनोज चौधरी सुनसरीका रहेका छन् । यसअघि पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले केन्द्रीय सदस्य विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । रासस
सम्बन्धित

प्रतिक्रिया