कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबारसम्मका लागि स्थगित
नेपालखोज
२०७९ वैशाख ९ गते १६:४२

काठमाडौं । आज बस्ने भनिएको सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तता कारण आज बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
भोलिको बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार कांग्रेसले अनुरोध गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया