शनिबार, वैशाख १३, २०८२

एक्यूफिटद्वारा बहुप्रतिक्षित नयाँ वेयरेबल डब्लू ९ बीटी कलिङ स्मार्ट वाच सार्वजनिक

नेपालखोज २०७९ वैशाख ९ गते २१:४०

काठमाडौं । भारतको नोयडामा रहेको प्रविधि कम्पनी एक्यूफिटले भारतमा विभिन्न रेन्जका स्मार्ट वाच र स्मार्ट ब्याण्ड नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीको ‘सबैका लागि पहुँचयोग्य प्रविधि’ भन्ने भिजन यसका उत्पादनका सुपथ–मूल्य तथा उच्च प्रदर्शनयुक्त स्पेसिफिकेशनले प्रस्ट पार्छन् ।

आधुनिक प्रविधिले भरपूर एक्यूफिटले ल्याएकफ डब्लू९ बीटी कलिङ स्मार्टवाचले स्मार्टफोन बिना नै थुप्रै कामहरु गर्न सघाउ पुर्याउँछ । यसमा हार्ट रेट, ब्लड अक्सिजन तथा क्यालोरी काउन्टजस्ता स्वास्थ्य सम्बन्धी फिचरहरु उपलब्ध छन् । एक्यूफिटका स्मार्ट वाचहरु स्टाइलिश हुनुका साथै अधिकांश रुपमा फिटनेसतर्फ केन्द्रित रहेका हुन्छन् । यसबाहेक यी डिभाइसमार्फत् फोन, मेसेज, सामाजिक सञ्जाल तथा मौसम सम्बन्धी अपडेट पाउन सकिन्छ ।

यसमा रहेको ब्लूटूथ ५ ले स्मार्ट फोनसँग समन्वय गरी यसमा रहेको इन–बिल्ट स्पीकरमार्फत् ब्लूटूथ कलिङको सुविधा उपलब्ध गराएको छ । यसबाहेक आफ्ना सबै कन्ट्याक्ट तथा कल रेकर्ड वाचमै रहने र कसरत गरिरहेका बेला पनि स्मार्टफोनमा नछोई वाचमार्फत् नै कल रिसिभ गर्न सकिन्छ । एक्यूफिट डब्लू ९ मा थ्रीडी कर्भ्ड स्क्रीन, जिंक–म्याग्नेशियम एलोय बडी तथा राम्रो टच फङ्शन भएको डिस्प्ले दिइएको छ ।

यसको २४०ह२४० पिक्सेलको १.३३ एचडी आईपीएस डिस्प्ले वाटर रेजिस्टेन्ट तथा आईपी६७ डस्टप्रूफ सर्टिफिकेशन सहितको रहेको छ । यसले दिनभर जस्तोसुकै मौसममा पनि स्मार्ट वाच नडराई प्रयोग गर्न सघाउ पुर्याउँछ । एक्यूफिट डब्लू ९ को ब्याट्री २८० एमएएचको भएको र यसमा सुपर फास्ट उच्च स्तरको चिपसेट प्रयोग गरिएकाले एक पटकको चार्जमा लगातार प्रयोग गर्दा ७ देखि १० दिन ब्याट्री ब्याकअप रहनेछ भने ३० दिनको स्ट्याण्डबाइ तथा २ दिन लगातार ब्लूटूथ कलिङ गर्न सकिनेछ ।

डब्लू ९ वाच आफसेआफ पहिचान गर्ने विभिन्न मोडहरुमार्फत् अधिकांश महत्वपूर्ण स्पोर्टिङ गतिविधिहरुको निगरानी गर्ने हिसाबले बनाइएको हो । यसले गतिविधिका आधारमा विभिन्न सिग्नलहरु लिएर अत्यधिक सही नतिजा प्रदान गर्दै प्रयोगकर्तालाई आवश्यक क्षेत्रमा सुधार गर्न सुझाव दिन्छ । यो एक्यूफिट डब्लू ९को नेपालमा बजार मूल्य ७४९९ रुपैयाँ तोकिएको छ । एक्यूफिट डब्लू ९ नेपालभरीका बजारहरुमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया