शुक्रबार, वैशाख २८, २०८१

राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ को माहोल (फोटो फिचर)

पार्वती भण्डारी २०७९ वैशाख १० गते १७:३९

काठमाडौं । काठमाडौंको नक्सालमा ‘ललितकला प्रदर्शनी २०७९ महाेत्सव’ जारी छ । वैशाख १ गतेदेखि १८ गतेसम्म हुने प्रदर्शनीमा अवलोकनका लागि विभिन्न मूर्तिहरु राखिएका छन् ।

मूर्ति प्रदर्शनी उद्घाटनका क्रममा ख्यातीप्राप्त कलाकारलाई उपराष्ट्रपतिद्वारा सम्मान गरिएको थियो । प्रदर्शनमा आकर्षक मूर्ति तथा कला देख्न सकिन्छ । प्रदर्शनले कला र संस्कृतिलाई झल्काउन खोजेको छ । विभिन्न काठमा मूर्तिहरू मिहिनेतपूर्वक कुँदिएको छ । हाम्रो समाजमा लोप हुँदै गएको मौलिक पनलाई प्रदर्शनी मार्फत देखाउन खोजिएको छ । प्रदर्शनमा सन्तोषकुमार शाक्य, राजु शाक्य, राहुल बज्राचार्य, राम शाक्य, रत्नमणि बज्रचार्य, धर्मराज शाक्यले बनाएका मूर्ति तथा कला समावेश गरिएको छ ।

प्रतिक्रिया