आईपीएल : बटलरको शतकमा राजस्थानको जित

नेपालखोज २०७९ वैशाख १० गते ८:४३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति वाङ्खेडे स्टेडियममा भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो ।

अन्तिम ओभरमा रोभम्यान पावेलले लगातार तीन छक्का प्रहार गर्दै जित हासिल गर्ने कोसिस गरे पनि दिल्लीले जित निकाल्न सकेन । पावेलले १५ बलमा ३६ रन जोडेका थिए । जोस बटलरको सानदार शतक र देवदत्त पड्डिकलको अर्धशतकीय स्कोरले राजस्थानले दिल्ली सामु २२३ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन जोड्न सक्यो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए । पृथ्वी र ललित यादवले ३७ रनको योगदान गर्दा डेभिड वार्नर २८ रनमा आउट भए ।

राजस्थानका प्रसिद्ध कृष्णाले सर्वाधिक तीन विकेट लिए । जितसँगै राजनस्थान सात खेलबाट १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित दिल्ली सात खेलबाट ६ अंकसहित छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया