एन ह्याबिटेटको उच्चस्तरीय बैठकमा झाँक्रीले सम्बोधन गर्ने

नेपालखोज २०७९ वैशाख १० गते ८:५२

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छन् । अमेरिकाको न्यूयोर्कस्थित यूएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकमा भाग लिन झाँक्री शुक्रबार (हिजो) साँझ अमेरिका प्रस्थान गरेकी हुन् ।

आगामी अप्रिल २८ तारिखमा बैठक सम्बोधन गर्न मन्त्री झाँक्री अमेरिका प्रस्थान गरेकी मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिएका छन् । यूएन ह्वाबिटेट अन्तर्गत सञ्चालित न्यू अर्बन एजेण्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल हुने उनले बताए ।

मन्त्री झाँक्रीसँगै कार्यक्रममा उपमहानिर्देशक दिलिप भण्डारी, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली,सहभागी हुने भएका छन् । मन्त्री झाँक्री अप्रिल ३१ तारिखमा स्वदेश फिर्ता हुने प्रवक्ता शर्माले बताए।

प्रतिक्रिया