आईपीएलमा आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै
नेपालखोज
२०७९ वैशाख १० गते १०:२४

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । अपराह्न पौने ४ बजे डीवाई पाट्ली स्टेडियम मुम्बईमा हुने पहिलो खेलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स खेल्ने छन् ।
जारी लिगमा नवप्रवेशी गुजरात आफ्ना ६ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । गुजरात आजको खेल जित्दै पहिलो स्थानमा पुग्ने लक्ष्यमा रहेको छ । ७ खेलबाट ६ अंक जोडेको कोलकाता सातौँ स्थानमा छ । उसले आजको खेलमा जित निकाल्दै तालिकाको स्थान सुधारको लक्ष्य लिएको छ ।
यस्तै आज राति हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद भिड्दैछन्। बैंग्लोर ७ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ । यो खेल जितेर शीर्ष स्थानमा पुग्ने लक्ष्य बैंग्लोरको पनि छ । बैंग्लोरसँग भिड्न लागेको हैदरावाद ६ खेलबाट ८ अंक जोडेर ५औँ स्थानमा छ ।
सम्बन्धित

प्रतिक्रिया