२७ वाणिज्य बैंकको ५१ अर्ब नाफा, बढी कमाउने ग्लोबल आईएमई

नेपालखोज २०७९ वैशाख १० गते १७:१६

काठमाडौं । खुद मुनाफा आर्जनमा चालु आर्थिक बर्षको तेस्रो त्रैमास वाणिज्य बैंकहरुको लागि खासै सुखद देखिएन् । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भएसँगै चालु आवको तेस्रो त्रैमासमा बैंकहरुको निक्षेप तथा कर्जा प्रवाह दुबैमा संकुचन आयो । यो संकुचनको प्रभाव बैंकहरुको खुद मुनाफामा देखियो ।

सञ्चालनमा रहेका २७ वटै बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उक्त वित्तीय विवरणको अध्ययन गर्दा बाणिज्य बैंकहरुको चालु आवको तेस्रो त्रैमासिक अवधिको नाफा गत आवको सोही अवधि कै खुद मुनाफाको हाराहारीमा देखिएको छ । गत आवको तेस्रो त्रैमासमा २७ वटा बैंकहरुले कुल ५० अर्ब ७४ करोड २५ लाख १० हजार रुपैंयाँ खुद मुनाफा कमाएका थिए ।

तर चालु आवको तेस्रो त्रैमासमा बैंकहरुको नाफा जम्मा १० प्रतिशत अर्थात २७ करोड ५३ लाख ११ हजार रुपैंयाँले मात्र बढेको छ । सोअनुसार यस अवधिमा बैंकहरुले कुल ५१ अर्ब एक करोड ७८ लाख २१ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आवको तेस्रो त्रैमासमा सबैभन्दा बढी नाफा ग्लोवल आईएमई बैंकले कमाएको छ । सबैभन्दा कम नाफा लक्ष्मी बैंकले कमाएको छ । जसअनुसार ग्लोवल आईएमई बैंकले तीन अर्ब ७२ करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गर्दा लक्ष्मी बैंकले जम्मा ८५ करोड ८९ लाख रुपैंयाँ मात्र खुद मुनाफा कमाएको छ ।

चालु आवको तेस्रो त्रैमासमा एनआईसी एसिया र नविल बैंकले पनि तीन अर्ब रुपैंयाँ भन्दा बढी खुद मुनाफा कमाएका छन् । यस्तै प्राईम कर्मसियल बैंक, एनएमबी बैंकसहितका सात वटा बैंकहरुको नाफा दुई अर्ब रुपैंयाँ भन्दा माथि छ । चालु आवको तेस्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कृषि बिकास बैक सहितका १४ वटा बैंकहरुको खुद मुनाफा भने एक अर्ब रुपैंयाँ भन्दा माथि रहेको छ ।चालु आवको तेस्रो त्रैमासमा सिभिल बैंक, बैंक अफ काठमाडौं र लक्ष्मी बैंकको खुद मुनाफा भने एक अर्ब रुपैंयाँ भन्दा कम छ ।

चालु आवको तेस्रो त्रैमासमा बैंकहरुले कमाएको खुद मुनाफा (रकम रु. हजारमा)

क्रस बैंकको नाफा २०७८ चैत्र मसान्त
१‍‍. ग्लोवल आईएमई बैंक ३७२६२१२
२. एनआईसी एशिया बैंक ३५०४५९८.२१
३. नबिल बैंक ३३५२०४३
४. प्राईम कर्मसियल बैंक २७२२०२०.१९
५. एनएमबी बैंक २६६५२९१
६. राष्ट्रिय बाँणिज्य बैंक २६१६७१९.६०
७. नेपाल इन्भेष्टमेन्ट बैंक २४७७२६१
८. नेपाल बैंक २१९२९३१.८१
९. मेगा बैंक २०१४५३४.१९
१०. सिद्धार्थ बैंक २०८८५६१.९१
११. सिटिजन्स बैंक इन्टरनेशनल १५८९६५१.००
१२. नेपाल बंगलादेश बैंक १११११३७.१८
१३. कृषि बिकास बैंक १९०५३९३.७८
१४. कुमारी बैंक १८०२७७१.५६
१५. हिमालयन बैंक १३९१५७८.९४
१६. एभरेष्ट बैंक १५१६३२४
१७. स्टान्डर्ड चार्टड बैंक १६२८७७४
१८. प्रभु बैंक १७५२९२३
१९. माछापुच्छे« बैंक १५५१७७२.६१
२०. सानिमा बैंक १५९२६२३.६६
२१. एनसीसी बैंक १४८७७२२.८६
२२. सेञ्चुरी कर्मसियल बैंक १०१५६८३
२३. नेपाल एसबिआई बैंक १३०००२२.४५
२४. सनराईज बैंक १२७७३९७.८२
२५. सिभिल बैंक ९०४१२३
२६. बैंक अफ काठमाडौ ८७०७८१.४८
२७. लक्ष्मी बैंक ८५८९६७
कुल ५१०१७८२१
(श्रोत सम्वन्धीत बैंकहरुको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)

प्रतिक्रिया