विश्व योग गुरु आचार्य राजन शर्मा नेपाल भ्रमणमा

काठमाडौं । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका अध्यक्ष एवम् विश्व योग गुरु आचार्य राजन शर्मा नेपाल आएका छन् । नेपाललाई गुरु देश एवम् योग भूमी बनाउन शर्मा अहोरात्र खटेका थिए ।
उनकाे स्वागत कार्यक्रममा संस्थाका पदाधिकारीहरु, सदस्य एवम् शुभचिन्तकहरुसहित ७० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्षलाई वैदिक मन्त्रोच्चारणसहित पञ्चकन्याद्वारा फूल माला अर्पण गरेर स्वागत गरिएको थियो ।
योग, ध्यान, प्राकृतिक चिकित्सा, वैदिक ज्ञान, उपनिषद एवम् ज्योतिष शास्त्रलगायतका व्यवहारिक ज्ञानमुलक तालिमद्वारा पाँच वर्षभित्र नेपाललाई योग गुरु देश बनाउने संकल्पका साथ अघि बढिरहेका आचार्य शर्मा २१ दिने नेपाल भ्रमणमा आएका हुन् ।

उक्त अवधिभर पोखरा, चितवन, सिन्धुपाल्चोक, काठमाडौं, कैलालीलगायत विभिन्न जिल्लामा उनको कार्यक्रम हुनेछ । हालसम्म विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजबाट नेपालमा ७ सयभन्दा बढीले अन्तरािष्ट्रय स्तरको योग परिक्षा पास गरि निःशुल्करुपमा जुममार्फत तथा शिवर आयोजना गरि सर्वसाधारणलाई योग सिकाउँदै आएको छ ।
साथै प्रत्येक शनिबार बाल शिवर सञ्चालन गरि ४ सयभन्दा बढी बालबालिकाहरुले प्रत्यक्ष लाभ लिदै पनि आएका छन् ।

प्रतिक्रिया