मुख्यमन्त्री महिला गोल्डकप : पुलिस च्याम्पियन

नेपालखोज २०७९ वैशाख ११ गते ८:०८

काठमाडाैं । नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाईनलमा विभागीय नेपाल एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको हो ।

वनदेवी युवा क्लबको आयोजना भएको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस फुटबल क्लबले सशस्त्र प्रहरी बलको एपिएफको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको हो । फाइनलमा एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।

प्रतिक्रिया