लगातार १० पटक बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखलाई

नेपालखोज २०७९ वैशाख ११ गते ९:१८

काठमाडाैं । बायर्न म्युनिख लगातार १०औँ सिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ ।गयराति बोरुसिया डर्टमुन्डलाई ३-१ अन्तरले पराजित गर्दै बायर्न म्युनिख लगातार १०पटक जर्मन बुन्डेसलिगाकाे च्याम्पियन बनेको हाे ।

घरेलु मैदान एलिएन्ज एरिनामा बायर्न बुन्डेसलिगाको तीन खेल बाँकी हुँदा ३२औँ उपाधि जित्न सफल भयो । बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले १-१ गोल गरे । डर्टमुन्डका इम्री क्यानले १ गोल फर्काए ।

जितसँगै च्याम्पियन बनेको बायर्नको ३१ खेलबाट ७५ अंक छ । दोस्रो स्थानको डर्टमुन्डको समान खेलबाट ६३ अंक छ ।

सन् २०१२-१३  को सिजनपछि बायर्नले घरेलु फुटबलमा वर्चस्व कायम गर्दै लगातार च्याम्पियन बन्न सफल भएको छ ।

प्रतिक्रिया