बिहीबार, जेठ ३, २०८१

सुनकाे मूल्य घट्याे, चाँदीकाे स्थिर

नेपालखोज २०७९ वैशाख ११ गते ११:०३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनकाे भाउ घटेकाे छ भने चाँदीकाे भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ४ सय रूपैयाँले घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ४ सय रूपैयाँले घटेकाे छ । आज तेजावी सुन १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेकाे छ । आज चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १३ सय ६० रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया