आइतबार, वैशाख २८, २०८२

‘चुनावमा धाँधली र चोरी भयो देश नर्कमा जाँदै छ’

नेपालखोज २०७९ वैशाख ११ गते १५:१५

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन्। ट्रम्पले शनिबारको र्याबलीमा आफ्ना समर्थकहरूलाई भने, ‘वास्तवमा के हो भने, चुनावमा धाँधली र चोरी भयो र अहिले हाम्रो देश ध्वस्त हुँदैछ, हाम्रो देश नर्कमा जाँदैछ , हामीले यस्तो कहिल्यै गरेका थिएनौँ।’

ट्रम्पले संयुक्त राज्य अमेरिकामा ग्यासको उच्च मूल्य र मुद्रास्फीतिको लागि वर्तमान प्रशासन दोषी रहेको बताएका छन्।मंगलबार, द हिलले दुई स्रोतलाई उदृत गर्दै उल्लेख गरेको छ-बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई सन् २०२४ मा पुनः चुनाव लड्न लागेको कुरा बताएका थिए।

बाइडेनको बुझाइमा डोनाल्ड ट्रम्पलाई हराउन सक्ने उनी मात्र हुन्। ट्रम्पले आधिकारिक रूपमा फेरि राष्ट्रपतिको लागि उम्मेदवारी दिने आफ्नो इच्छा घोषणा गरेका छैनन् । यद्यपि उनले अमेरिकाभरि आयोजित थुप्रै अमेरिका र्याली सम्भावनाको संकेत दिएका छन् ।

प्रतिक्रिया