भारतमा २४ घण्टामा दुई हजार ५९३ जनामा कोरोना पुष्टी

काठमाडौं । भारतमा २४ घण्टामा दुई हजार ५९३ जनामा कोरोना संक्रमण हुँदा कुल संक्रमितको संख्या चार करोड ३० लाख ५७ हजार ५४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणको पुन: नयाँ संक्रमितको संख्या दुई हजार नाघेको यो लगातार पाँचौ दिन हो । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या पाँच लाख २२ हजार १९३ जना पुगेका छन् ।
अझै पनि सक्रिय संक्रमित १५ हजार ८७३ जना रहेका पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय संक्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही दिनयताबाट सक्रिय संक्रमित बढेको पाइएको छ । २४ घण्टामा एक हजार ७५५ जना कोरोना निको भएका छन् । यो सँगै हालसम्म चार करोड २५ लाख १९ हजार ४७९ जना सफलतापूर्वक कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया