खेलाडी संघको अध्यक्षमा लामा

नेपालखोज २०७९ वैशाख ११ गते १६:१२

काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाअन्र्तगत फुटबल खेलाडी संघको अध्यक्षमा थ्रिस्टार क्लबका कप्तान विक्रम लामा चुनिएका छन् । खेलाडी संघको आज भएको साधारणसभाबाट लामासहित पदाधिकारी र सदस्य निर्विरोध चयन भएका हुन् । संघको उपाध्यक्षमा राष्ट्रिय टोलीका सदस्य विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जन चुनिएका छन् ।

त्यसैगरी रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्यमा चुनिए । नवनिर्वाचित खेलाडी संघका कार्यसमितिलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशंसापत्र प्रदान गर्दै कार्यकाल सफलताको शुभकामना दिए । संघका नवनिर्वाचित अध्यक्ष लामाले खेलाडीको हकहितका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । -रासस

प्रतिक्रिया