सहिद स्मारक ‘सी’ डिभिजन लिगको पहिलो चरणमा कुनै पनि खेल बराबरीमा सकिएनन्

नेपालखोज २०७९ वैशाख ११ गते १६:४५

काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनमा राजधानीमा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको पहिलो चरणका खेलहरु सकिएका छन् । एन्फा मैदान सातदोवाटोमा पहिलो चरणको खेल सकिँदा ७ टिमले ३-३ अंक जोड्दा अरु ७ टिमले भने अंकको खाता खोल्न सकेनन्।

पहिलो चरणमा कुनै पनि खेल बराबरीमा सकिएनन् । मनोहरा स्पोर्टस क्लब पहिलो स्थानमा रहँदा सानेपा क्लब, रानीबन क्लब, झापा फुटबल क्लब, महाबिर क्लब, आरसी ३२ फुटबल एकेडेमी र प्लानिङ ब्वाइजले समान ३-३ अंक जोडेपनि क्रमस दोस्रो देखि सातौं स्थानसम्म रहेका छन्।

‘सी’ डिभिजन लिगको विजेता र उपविजेता ‘बी’ डिभिजनमा उक्लने छ भन पुछारका २ टिम सी डिभिजन छनोटमा घटुवा हुनेछन् ।

प्रतिक्रिया